Main News

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज

हिमालय टिभी
२०७८ फागुन २१ गते ७:४३
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज

२१ फागुन २०७८ काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज हुँदैछ।

बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण समारोह हुने संघीय संसद सचिवालयले जनाएको छ।

गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका थिए। शपथपछि निर्वाचित सदस्यको कार्यकाल शुरु हुनेछ। रिक्त २० मध्ये १९ जना निर्वाचित भएका छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनय गर्नुहुनेछ।

नयाँ सदस्यको पदावधि छ वर्षको हुनेछ। अब हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभामा निर्वाचित र मनोनित सबै सदस्यको पदावधि छ वर्षको हुनेछ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ।

पहिलो पटक राष्ट्रियसभा सदस्यको पदावधि कायम गर्दा गोला प्रथाबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुनेछ।

राष्ट्रिय सभा सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट गरिन्छ । पहिलो बैठकदेखि सम्पूर्ण सदस्यको पदावधि प्रारम्भ भएको मानिनेछ ।

यसअघि चार वर्षे कार्यकाल सकिएका राष्ट्रियसभाका सदस्यहरुको हिजो विदाई गरिएको छ। चारवर्षे कार्यकाल सकिएका राष्ट्रियसभा उपध्यक्षसहित १९ जनाको विदाई गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *