Main News

कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको महामन्त्री थापाको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २० गते २०:२४
कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको महामन्त्री थापाको आरोप (भिडियो रिपोर्टसहित)

२० फागुन २०७८ पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको आरोप लगाउनु भएको छ ।

कास्कीमा भएको कार्यक्रममा महामन्त्री थापाले उत्तेजनाको राजनीति धेरै चरणमा नेपालमा आएको बताउनुभयो ।

महामन्त्री थापाले एमसीसी सम्झौतामा कम्युनिष्टहरूले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सबैलाई मिलाउन सफल भएको दाबी गर्नुभयो ।

महामन्त्री थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले स्थानीय चुनाव वैशाख ३० मै हुने भन्दै संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.