Main News

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज शुरु हुँदै, यस्तो छ श्रेष्ठ समूहको तयारी

हिमालय टिभी
२०७८ फागुन २० गते ७:५१
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज शुरु हुँदै, यस्तो छ श्रेष्ठ समूहको तयारी

२० फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुरू हुँदैछ ।

यसअघि पटक(पटक स्थगित बैठक आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शुरू हुन लागेको हो । आठौं महाधिवेशनपछि पहिलो पटक ललितपुरमा बैठक बसेको थियो । सो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो ।

त्यसपछि विदेशमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगित गरिएको थियो । लगत्तै कोरोना संक्रमण र एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परेपछि बैठक बस्न सकेको थिएन ।

आजको बैठकका मुख्य एजेण्डा संगठन र भावी कार्ययोजना तय गर्ने रहेको माओवादीका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनु भएको छ ।

माओवादीले अध्यक्ष चयन गरेपनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको काम पनि हुन सकेको छैन ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको पक्षमा उभिएपछि पार्टीभित्र तीव्र विवाद पनि छ । असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठ पक्षधरले आजको बैठकमा एमसीसीको पक्षमा उभिएको नेतृत्वको चर्को आलोचना गर्दैछ ।

बैठकमा आफ्ना एजेण्डा प्रष्टसँग राख्ने र सुनुवाइ नभएमा कठोर निर्णय गरेर अघि बढ्ने तयारी भएको नेता गरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *