आज पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

१८ फागुन २०७८ काठमाडौं । आज पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
स्थानीय वायुको प्रभावले पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै भोलि दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनर चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनर चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पर्सि दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग हल्का वर्षाको सम्भावना रहेको छ। राति देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।
प्रतिक्रिया