Main News

पशुपतिमा साधुले दिए सर्वसाधारणलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १७ गते १८:३७
पशुपतिमा साधुले दिए सर्वसाधारणलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७८ काठमाडौं । महाशिवरात्रिमा सामान्यतया साधु सन्त र नागा बाबाहरुको भीड बढ्छ । तर कतिपय बाबाहरु यस्ता आउँछन्, जो साधना का लागि नभई द्रव्यका लागि गेरुवस्त्र धारण गर्का हुन् । उनीहरु माग्न र कमाउनका लागि वस्त्र धारण गरिरहेका हुन् । यसपटकको महाशिवरात्रिमा यस्ता घटना झन बढी देखिए ।

यो दृष्य हो मंगलबार पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीसँग कालो बस्त्रधारी साधु जबरजस्ती पैसा मागिरहेको । यी दर्शनार्थीको खल्तीमा पैसा सकिँदा पनि ती साधुले उनलाई छोडेनन् अझै पैसा मागिरहे । अनि हाम्रो क्यामेरा देखेपछि पन्छिन खोजे । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेका दर्शनार्थीले यस्तो हैरानी निकै खेप्नुपर्‍यो ।

जतिधेरै पैसा दियो त्यतिधेरै दुःख कष्ट हराउने र पैसा नदिए परिवार नै सखाप हुने भन्दै बाबाहरुले दर्शनार्थीको बाटो छेके। तर कतिपय साधुहरु भने यस्ता छैनन् ।

दिनभर साधुबाबाहरुको यस्तो मोलमोलाइले दशनार्थीले हैरानी खेप्न बाध्य भए । दर्शनार्थीको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन चुस्तदुरुस्त बनाए बताए पनि साधुहरुले दिने हैरानीको भने कसले व्यवस्थापन गरिदिने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *