राजनीति

एमसीसी पास गरेर देशलाई दुर्घटनाबाट बचाएको प्रचण्डको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १६ गते १६:३०
एमसीसी पास गरेर देशलाई दुर्घटनाबाट बचाएको प्रचण्डको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गराउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

आज आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले एमसीसी पारित भएसँगै देश दुर्घटनाबाट बचेको भन्दै आफु अत्यन्तै खुशी भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले यसअघिको नेपाल कम्युनिस्ट पार्टीको पालामा नै अमेरिकी सहायता परियोजना एमसीसी सबैभन्दा धेरै गिजोलिएको आरोप पनि लगाउनुभयो ।

प्रतिनिधिसभाबाट पारित व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसीसी सम्झौता खारेज हुने प्रचण्डको दाबी छ । एमसीसीको व्याख्यात्मक घोषणा महाकाली सन्धिको प्रस्तावना जस्तो नभएको बताउँदै अध्यक्ष प्रचण्डले यसलाई अमेरिकाले मान्नैपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले एमसीसी अघि बढाउने क्रममा आफूलाई खलनायक बनाउन खोजिएको गुनासो पनि गर्नुभएको छ । आफुले राष्ट्रिय सहमतिबाटै एमसीसी पारित गर्न खोजे पनि एमालेका कारण सम्भव नभएको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले एमसीसीका नाममा गठबन्धन फुटाउने कोशिस भएको तर आफुहरुले असफल पारिदिएको बताउनुभयो । एमसिसीबारे आफ्नै पार्टीभित्रका केही नेताहरुले राखेको फरक मतप्रति पनि अध्यक्ष प्रचण्डले आक्रोश व्यक्त गर्नुभएको छ । नेता नारायणकाजी श्रेष्ठसहित पार्टीका केही नेताले एमसीसी विरोधी सबैका मत अफुलाई आउलाझै गरेको भन्दै व्यंग्य समेत गर्नुभयो ।

प्रचण्डले एमसीसी पारित भए पनि कार्यान्वयनको चरण बाँकी रहेको बताउँदै नेपालको संविधान र कानूनभन्दा माथि कुनै सम्झौता हुन नसक्ने भन्दै यसमा हेक्का राख्न दाताहरुलाई चेतावनी पनि दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्