Main News

एमसीसीबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै प्रचण्ड

हिमालय टिभी
२०७८ फागुन १६ गते १३:०३
एमसीसीबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै प्रचण्ड

१६ फागुन २०७८ काठमाडौं । एमसीसी प्रकरणमा दोहोरो चरित्र देखाएको आरोप खेपेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलनमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै हुनुहुन्छ ।

आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ । एमसीसी पास भएपछि पहिलोपटक उहाँले आफ्नै निवासमा पत्रकारहरूलाई भेटघाटमा बोलाउनुभएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै एमसीसी पास गर्ने प्रतिबद्धतासहित प्रचण्डको समेत हस्ताक्षरमा अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको थियो ।

माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत् एमसीसीको विपक्षमा उभिने निर्णय गरेपनि अन्तिम समयमा प्रचण्ड एमसीसी पारित गर्न सहमत हुनुभएको थियो । माओवादी केन्द्रले एमसीसीको विरोधमा सडक आन्दोलनसमेत गरेको थियो।

नेपाली कांग्रेसले माओवादी एमसीसीको विपक्षमा उभिए एमालेसँग गठबन्धन गर्ने तयारी गरेपछि प्रचण्ड एमसीसी पास गर्न सहमत हुनुभएको थियो । प्रतिनिधिसभाको बैठकले हिजो व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेको थियो।

यो घटनाक्रमपछि आफ्नै पार्टी र सर्वसाधारणले समेत द्वेध चरित्र देखाएको भन्दै चर्को आलोचना गरेपछि प्रचण्डले पत्रकार सम्मेलन मार्फत् आफ्ना धारणा राख्न लाग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *