Main News

बानेश्वर र बनेपामा शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय

हिमालय टिभी
२०७८ फागुन १६ गते १२:५८
बानेश्वर र बनेपामा शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय

१६ फागुन २०७८ काठमाडौं । काठमाडौको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि र बनेपामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

संसद भवन अगाडिको गेट नजिक शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएको थियो । आवतजावत रोकेर सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको हो । शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको थियो ।

उता बनेपामा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ । बनेपा पुलबजारमा शङ्कास्पद वस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो ।

सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै यातायात सुचारु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले शङ्कास्पद वस्तु राख्ने व्यक्ति पक्राउ गरिसकेको जानकारी दिनुभयो ।

यस्तै काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो ।

शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९.३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताउनुभयो ।

अनुसन्धानको क्रममा शङ्कास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ । बिहान राजमार्गमा शङ्कास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *