Main News

एमसीसी अब कार्यान्वयनको दिशामा अघि बढेको अमेरिकी प्रतिक्रिया

हिमालय टिभी
२०७८ फागुन १६ गते ७:२८
एमसीसी अब कार्यान्वयनको दिशामा अघि बढेको अमेरिकी प्रतिक्रिया

१६ फागुन २०७८ काठमाठौं । अमेरिकाले नेपालको प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै अब कार्यान्वयनको दिशामा अघि बढेको जनाएको छ ।

एमसीसी अनुमोदन भएको केही घण्टामै काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै अब ५ वर्षीय कार्यक्रम एमसीसी सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको जनाएको हो ।

विज्ञप्तिमा ‘एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो भनिएको छ ।

हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि र ढुवानी खर्च घट्ने अमेरिकाले जनाएको छ ।

अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको भन्दै अमेरिकी दूतावासको विज्ञप्तिमा नेपाल र नेपालको लोकतान्त्रिक मूल्य मान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने स्पष्ट पारिएको छ ।

झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कतिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *