Main News

थप ४१५ जना सङ्क्रमणमुक्त

हिमालय टिभी
२०७८ फागुन १५ गते १८:४७
थप ४१५ जना सङ्क्रमणमुक्त

१५ फागुन २०७८ काठमाडौं । पछिल्लो २४ घण्टामा ४१५ जना कोरोनाबट सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशैभरी आठ हजार ५१७ जना सक्रिय सङ्क्रमित छन् ।

सो अवधिमा ६ हजार ४८४ जनाको पिसीआर परीक्षण गर्दा ९४ जना र तीन हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी जम्मा १११ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १६ हजार १९१ पुगेको छ ।

हाल आठ हजार २८५ होम आइसोलेशनमा रहेको र २३२ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८१ जना आइसीयु र १० जना भेन्टिलेटरमा उपचाररत् छन् भने १० वर्ष मुनिका चार बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघारदेखि २० वर्ष उमेर समूहका ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । कोरोनाबाट नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३५ पुगेको छ ।

यस अवधिमा ४१ हजार ३६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म कुल ३ करोड ६९ लाख ८४ हजार ६११ मात्रा खोप लगाइएको छ ।

पहिलो मात्रा लगाउने एक करोड ८४ लाख ५४ हजार ७१७ र पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक करोड ७४ लाख १९ हजार ३४४ पुगेको मन्त्रालयले जनाएको छ । एघार लाख १० हजार ५५० ले अतिरिक्त खोपको मात्रा लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *