Main News

एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

हिमालय टिभी
२०७८ फागुन १५ गते १८:३५
एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

१५ फागुन २०७८ काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि बैठकमा सांसदहरूले सो प्रस्तावका सम्बन्धमा पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक साँझ ६ः३० बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *