Main News

एमसीसीसम्बन्धी कांग्रेस र एमालेबीचको छलफल निष्कर्षविहीन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १४ गते १९:११
एमसीसीसम्बन्धी कांग्रेस र एमालेबीचको छलफल निष्कर्षविहीन (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नका लागि कांग्रेस र एमालेबीच भएको छलफल निश्कर्षविहीन बनेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटका बसेको दुई दलका नेताहरुको छलफलमा ठोस निश्कर्ष निस्किन सकेन । कांग्रेसले सदनमा जारी अवरोध हटाउन एमालेसँग आग्रह गरेको थियो । एमसीसी पारित गर्न सदन सञ्चालनका लागि सकारात्मक बन्दिन कांग्रेसका नेताहरुले आग्रह गरेका थिए ।

जवाफमा एमालेले कांग्रेससँग पुरानै कुरा दोहोर्‍याएको छ । एमालेले आजको छलफलमा आफूले कारवाही गरेका १४ सांसदलाई पदमूक्त गर्नुपर्ने, सभामुखको राजीनामा हुनुपर्ने र गठबन्धन दलहरुबीच एमसीसीबारे साझा धारणा आउनुपर्ने माग गरेका थिए ।


बैठकपछि एमाले महासचिव शंकर पोखरेलले सदनमा प्रवेश गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिनुभयो ।

कुरा मिले प्रधानमन्त्री शेरबहादुर देउवा पनि बालकोट जाने कार्यक्रम थियो । तर, नेताहरुबीच कुरा नमिलेपछि भोलि बोलाइएको संसद बैठकसमेत प्रभावित हुने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *