Main News

यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न हुन्न : नेता खनाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १४ गते १८:२५
यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न हुन्न : नेता खनाल (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७८ काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दावी गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका खनालले सरकार छोड्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको पनि बताउनुभयो । आज माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोड्ने वा नछोड्ने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताउनुभयो ।
खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिनुभयो । उहाँले सो बाटोको बारेमा कुन–कुन नेताबीच छलफल भएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताउनु भयो ।

खनालले भन्नुभयो, ‘एमसीसी यथास्थितिमा पास हुँदैन । हाम्रो अडान यो हो । यही अडानमा अहिले पनि हामी दृढतापूर्वक उभिएका छौं । सरकार छोड्ने बारेमा केही कुरा गरेका छैनौं । अब एमसीसीको मुद्दा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ । त्यसो हुनाले एमसीसीको मुद्दा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं । पत्रपत्रिकामा छापिएको कुरा मैले पनि पढेँ । अब कसकसले त्यो खोजेको हो ? त्यो खोजेको कुरा हामीसँग आइसकेको छैन, के के हुन मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन् । एस वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौं ।’

खनालले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी सम्झौता परिमार्जन भए मात्रै आफूहरुले त्यसलाई संसदबाट पारित गराउन साथ दिन सक्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *