Main News

काठमाडौं उपत्यकाको फोहर उठाउन थालियो

हिमालय टिभी
२०७८ फागुन १३ गते ९:२९
काठमाडौं उपत्यकाको फोहर उठाउन थालियो

१३ फागुन २०७८ काठमाडौं । काठमाडौं उपत्यकाको फोहर आज बिहानदेखि उठाउन थालिएको छ ।

नुवाकोटका स्थानीय र सरोकारवालाबीच तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर उठ्न थालेको हो ।

तोकिएको समयमा सडक निर्माणको काम सम्पन्न नगरेको भन्दै स्थानीयको अवरोधका कारण गत १ गतेदेखि उपत्यकाको फोहर उठ्न सकेको थिएन ।

हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्नेछ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण फोहर उठ्न सकेको थिएन ।

आज बिहानदेखि फोहोर उठाउन थापिएको भएपनि सडकमा जम्मा भएको सबै फोहर व्यवस्थापन गर्न भने कम्तीमा पाँच दिन लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *