Main News

संसद बैठकमा आज एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदै

हिमालय टिभी
२०७८ फागुन १३ गते ७:३८
संसद बैठकमा आज एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदै

१३ फागुन २०७८ काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी)मा सैद्धान्तिक छलफल हुँदैछ ।

संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)माथि छलफल थाल्न प्रस्ताव पेश गर्ने उल्लेख छ । तर एमसीसी संसदमा पेश गर्ने बेला बिरामी भएको बताउनुभएका अर्थमन्त्री शर्मा फेरि जिल्ला दौडाहमा हुनुहुन्छ ।

हिजै बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गर्नुभएको थियो । त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो।

सरकारले आफ्ना माग पूरा नगरे आजको बैठक पनि अवरोध गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *