एमसीसीमाथि भोलि संसद बैठकमा छलफल हुने कार्यसूची सार्वजनिक

११ फागुन २०७८ काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)माथि छलफल हुने भएको छ ।
संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल हुने उल्लेख छ । संघीय ससद सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले भोलि बस्ने बैठकमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको जानकारी दिनुभयो ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेश गर्नु भएको थियो । १ बजे प्रतिनिधि सभाको बैठक बस्नु अघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने पाण्डेले बताउनुभयो ।
भोलिको बैठकमा एमसीसी दफाबार छलफल गर्ने वा भोलि नै अर्को बैठक बसेर पास र फेल समेत गर्न सक्ने छ ।
यसैबीच संघीय संसद भवनका पर्खाल काँडेतारले घेरिएको छ । एमसीसीविरूद्ध हुने प्रदर्शनलाई ध्यानमा राखेर बानेश्वरमा सुरक्षाकर्मी बढाइएको छ ।
प्रतिक्रिया