सत्तारुढ दलले नै एमसीसीविरुद्ध सडकमा ढुंगामुढा गराएको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)
९ फागुन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न समेत गर्नुभयो ।
काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा उहाँले सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताउनुभयो ।
अध्यक्ष ओलीले काजी कालु पाँडेजस्ता पूर्वजहरुले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरुको बुद्धि विश्लेषण, बहादुरी र वीरताको सदा सम्मान गर्ने बताउनु भयो ।
उहाँले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान उल्लेखनीय रहेपनि कीर्तिपुरमाथिको आक्रमणको क्रममा गल्ती गरेको दावी गर्नुभयो ।
अध्यक्ष ओलीले इतिहासको तथ्यलाई स्मरण गर्दै राष्ट्र निर्माणको अभियानमा आफूहरु प्रतिवद्ध भएर लागिपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया