Main News

कोरोनाबाट थप चार जनाको मृत्यु, २६२ संक्रमित थपिए

हिमालय टिभी
२०७८ फागुन ८ गते १७:०३
कोरोनाबाट थप चार जनाको मृत्यु, २६२ संक्रमित थपिए

८ फागुन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । पछिल्लो पटक थप २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

६ हजार ५ सय ७२ पीसीआर र ३ हजार २ सय ४३ एन्टिजेन परीक्षण गर्दा २ सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ८०, भक्तपुरमा १ र ललितपुरमा १२ संक्रमित थपिएका हुन्।

पछिल्लो पटक १ हजार ३ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन । अहिले देशभर १२ हजार २ सय ४४ जना सक्रिय संक्रमित छन्।

थप ४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *