Main News

बौद्ध भिक्षुलाई सबैले सम्मान गर्नुपर्छ : मन्त्री आले

हिमालय टिभी
२०७८ फागुन ८ गते १३:३०
बौद्ध भिक्षुलाई सबैले सम्मान गर्नुपर्छ : मन्त्री आले

८ फागुन २०७८ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिक्षुको अतुलनीय योगदान रहेको बताउनुभएको छ ।

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भिक्षुद्वारा आयोजना गरिएको ‘विश्व शान्ति प्रणिधान पूजा’ कार्यक्रममा उहाँले हाम्रो देश नेपालसहित विश्वमा शान्ति फैलियोस् भनेर बौद्ध भिक्षुहरुले सधैँ कामनासहित पूजाआजा गरिरहनुभएको र बुद्धलाई चिनाउने बौद्ध भिक्षु भएकाले उहाँहरुलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री आलेले लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिच्छुलाई सुरक्षाकर्मी र आन्तरिक कर्मचारीबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शान्तिको देश नेपाल भनेर चिनाउने बौद्ध गुरुहरुलाई अभद्र व्यवहार नहोस्, यसो गरेको पाइएमा त्यस्ता व्यक्तिलाई सरकारद्वारा कारवाही हुन्छ, बौद्ध गुरुहरुलाई सम्मान गर्न म सबैसँग आग्रह गर्छु ।”

मन्त्री आलेले लम्बिनी क्षेत्रको विकासका लागि आफू र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासन दिदैं लुम्बिनीको विकास गर्न सके हजारौँ, लाखौँ पर्यटक भित्र्याउन सकिने भएकाले यहाँको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले आफू मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर रोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारवाही गरेको र वर्षौसम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *