Main News

आज ७२ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७८ फागुन ७ गते ७:५१
आज ७२ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

७ फागुन २०७८ काठमाडौं । आज ७२ औं प्रजातन्त्र दिवस । १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भइ प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विक्रम संवत् १९९७ साल माघमा बलिदानी दिनु भएको थियो ।

जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालिन राणा शासकले मृत्युदण्ड दिएको थियो । जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ सालमा एकीकरण भएर बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनाको घोषणा गरेको थियो ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । राजनीतिक रूपमा मुलुकले ठूलो फड्को मारे पनि जनताले परिवर्तनको वास्तविक अनुभूति भने अझै गर्न पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *