Main News

एमसीसीमा साना दल कता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ६ गते २१:०७
एमसीसीमा साना दल कता ? (भिडियो रिपोर्टसहित)

६ फागुन २०७८ काठमाडौं । गठबन्धन सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका साना राजनीतिक दल एमसीसी प्रकरणमा भने छायाँमा परेका छन् । निर्णायक मत नदेखिँदा साना दलहरु पछिल्लो समय हट केक बनिरहेको विषयमा समेत किनारमा पुगेका हुन् । तर यो मुद्दा निर्णायक मोडमा पुग्ने अवस्थामा भने साना दल पनि शक्ति केन्द्रसँगको निकटमा पुग्ने देखिएको छ ।

देशको राजनीति यतिबेला एमसीसीकै वरपर घुमिरहेको छ । सरकारमा भएका दलदेखि प्रतिपक्षसम्म एमसीसीकै एजेण्डामा छन् । जनता समाजवादी, लोकतान्त्रिक सामाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टी लगायतका दलको भूमिका एमसीसीमा खासै देखिएको छैन । यी साना भनिएका दलसमेत एमसीसी प्रकरणमा कता उभिने भन्ने निर्णयमा पुगिसकेको देखिँदैन । नेपाल मजदुर किसान पार्टी एमसीसीको विषयमा देश नै ध्रुवीकरण भएको बुझाइमा छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसीको पक्षमा भए पनि उहाँको पार्टीभित्र एक मत देखिएको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टी पनि एमसीसीमा निर्यायक भूमिकामा नरहेकै कारण अहिलेसम्म आफ्नो मत कता भन्नेमा स्पष्ट भैसकेको छैन ।

एमसीसीको चर्चाले कतिपय साना दललाई सडकमै तानेको छ । तर संसदमा प्रतिनिधित्व नगर्ने भएकाले ती दलहरुको आवाजले प्राथमिकता पाइरहेको छैन । ठूला दलहरुको गणितमा नजोडिने भएपछि साना दल जुन पक्षमा धेरै मत देखिन्छ त्यता ढल्किने पुरानै अभ्यास एमसीसी प्रकरणमा पनि देखिन सक्ने कतिपयको बुझाइ छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *