Main News

नेपालविरुद्ध अमेरिकाले दिएको कूटनीतिक धम्कीप्रति चीनको आपत्ति

हिमालय टिभी
२०७८ फागुन ६ गते १९:००
नेपालविरुद्ध अमेरिकाले दिएको कूटनीतिक धम्कीप्रति चीनको आपत्ति

६ फागुन २०७८ काठमाडौं । एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि कूटनीतिक धम्की दिन शुरु गरेको भन्दै चीनले आपत्ति जनाएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रलायका प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्ममा एमसीसी अनुमोदन गर्न कूटनीतिक धम्की दिन शुरु गरेको आरोप लगाउनु भएको छ ।

उहाँले नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायको सहकार्यलाई चीनले स्वागत गर्ने तर यस्तो सहयोग कुनै राजनीतिक शर्तबिना नेपाली जनताको चाहनामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

यसअघि अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले नेपालका नेताहरूलाई टेलिफोन गरेर २८ फेब्रुअरीसम्म एमसीसी अनुमोदन गर्न आग्रह गर्नु भएको थियो । साढे चार वर्षअघि एमसीसीसँग नेपालले गरेको सम्झौता संसद्‍बाट अनुमोदन नहुँदा अझैसम्म कार्यान्वयनमा जान सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *