Main News

एमसीसीविरुद्ध भएको प्रदर्शनप्रति अमेरिकाले जनायो आपत्ति

हिमालय टिभी
२०७८ फागुन ६ गते १८:५५
एमसीसीविरुद्ध भएको प्रदर्शनप्रति अमेरिकाले जनायो आपत्ति

६ फागुन २०७८ काठमाडौं । अमेरिकाले एमसीसीलाई लिएर नेपालमा भइरहेको प्रदर्शन र विवादलाई आपत्तिजनक भनेको छ ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमार्फत हिंसा र हिंसालाई प्रोत्साहन गर्ने खालका गतिविधि अस्वीकार्य हुने चेतावनीसमेत दिनुभएको छ ।

बुधबार र आज एमसीसी सम्झौता संघीय संसदमा पेश हुन सक्ने भन्दै सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत अन्य दल तथा तिनका कार्यकर्ताले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका थिए ।

अस्ति भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । आजको प्रदर्शनमा दलका समर्थकहरुले टायर नै बालेर नाराबाजी गरेका थिए । यसक्रममा प्रहरीले प्रदर्शनलाई भड्किन नदिन एक सेल अश्रुग्यास हानेको थियो ।

केही दिनयता सरकार एमसीसी सम्झौतालाई संसदमा पेश गर्न कसरत गरिरहेको छ । तर गठबन्धनमै रहेका दलहरूको विमतिका कारण त्यसमा सफल हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *