Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ४३७ संक्रमित थपिँदा २४५४ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ फागुन ६ गते १७:१४
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ४३७ संक्रमित थपिँदा २४५४ संक्रमणमुक्त

६ फागुन २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ भने पछिल्लो पटक चारसय ३७ जना संक्रमित थपिएका छन् ।

९ हजार ९१ जना जनाको परीक्षणमा एक हजार ४ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २ हजार चार सय ५४ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ४८ हजार ७ सय ८४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल देशभर १४ हजार ४ सय ३५ सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणबाट थप २ जनाले ज्यान गुमाएपछि देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय १३ पुगेको छ ।

पछिल्लो पटक १ लाख २४ हजार ८ सय ६७ जानले खोप लगाएका छन् । अहिलेसम्म तीन करोड ६० लाख ७९ हजार १ सय ५९ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

जसमा पहिलो मात्रा लगाउनेको संख्या १ करोड ८३ लाख २६ हजार ९ सय ४३ रहेको छ । पूर्ण मात्रा लगाउनेको संख्या १ करोड ६९ लाख ९ हजार ६ सय २६ छ । यस्तै ८ लाख ४२ हजार ५ सय ९० जनाले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *