५७० जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु
५ फागुन २०७८ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७८९ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ८५७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार २५० रहेको छ ।
पछिल्लो समय थप एक हजार ९९३ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ४६ हजार ३३० पुगेको छ । निको हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ६४ हजार ४७५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ रहेको छ । अहिले होम आइसोलेशनमा १५ हजार ९७४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ६६९ आइसीयुमा १५१ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।
प्रतिक्रिया