Main News

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, ६३९ संक्रमित थपिँदा १६ सय संक्रमणमुक्त

हिमालय टिभी
२०७८ फागुन ४ गते १७:२३
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, ६३९ संक्रमित थपिँदा १६ सय संक्रमणमुक्त

४ फागुन २०७८ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७५६ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ४९३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ४४ रहेको छ । पछिल्लो समय थप एक हजार ६०० सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४४ हजार ३३७ पुगेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय दुई लाख १४ हजार १०३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २५१ रहेको छ । अहिले होम आइसोलेसनमा १७ हजार ५८० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ६७१ आइसीयुमा १५६ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *