Main News

संसद बैठक आज बस्दै, एमसीसी टेबुल गर्ने सरकारको तयारी

हिमालय टिभी
२०७८ फागुन ४ गते ८:२८
संसद बैठक आज बस्दै, एमसीसी टेबुल गर्ने सरकारको तयारी

४ फागुन २०७८ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पछिल्लो समय चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने सरकारको तयारी छ। संघीय संसद सचिवालयले हिजो सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी प्रस्ताव समावेश गरिएको छैन ।

यता प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

कार्यव्यवस्थाको बैठकपछि एमसीसी संसदमा टेबुल हुने नहुने विषय टुंगो लाग्ने संसद सचिवलायले जनाएको छ ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने र विभिन्न तीन जना दिवंगत सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *