Main News

कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

हिमालय टिभी
२०७८ फागुन ३ गते १९:५०
कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

३ फागुन २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ ।

सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बिहान ११ः३० बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

यसैबीच, सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन । सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले समितिको बैठक डाक्नुभएको हो ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *