Main News

एमसीसी संसदबाट पारित गर्न सघाउन कांग्रेसले गर्‍यो आह्वान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ३ गते १९:०४
एमसीसी संसदबाट पारित गर्न सघाउन कांग्रेसले गर्‍यो आह्वान (भिडियो रिपोर्टसहित)

३ फागुन २०७८ काठमाडौं । नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सघाउन सबै दललाई आव्हान गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले एमसीसी सम्झौता राष्ट्रको हितविपरीत नभएको निष्कर्ष निकालेको हो । प्रवक्ता डाक्टर प्रकाशशरण महतले सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष एमालेले सम्झौता विभिन्न कालखण्डमा अघि बढाएकाले अनुमोदनका लागि सबै दललाई बैठकले आह्वान गरेको जानकारी दिनुभयो ।

कांग्रेसले अवधि समाप्त भइसकेका भातृ संस्थाका केन्द्रीय समितिहरु विघटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले स्थानीय तह निर्वाचनको स्वागत गर्दै त्यसलाई केन्द्रित गरेर संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले यही फागुन २० गतेदेखि चैत २० गतेसम्म अभियान संचालन गर्नेछ ।

यसअघि आजै भएको कांग्रेस संसदीय दलले एमसीसी तत्काल संसदमा टेबल गरेर अनुमोदनको प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत सभापति देउवाले संसदमा एमसीसी टेबल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटालाई सूचित गराइसकेकोबारे पनि जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *