Main News
एमालेद्वारा स्वास्थ्यमन्त्रीको राजीनामा माग
२०७८ फागुन ३ गते १७:३०
३ फागुन २०७८ काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।
कोभिडविरुद्ध पहिलो खोप किनेर लगाएको मन्त्री खतिवडाको दाबी झुटो भएको भन्दै एमालेले आपत्ति जनाएको जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न माग गर्नु भएको छ ।
मन्त्री खतिवडाले सार्वजनिक रुपमै पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताउँदै आउनु भएको छ ।
खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ झुटो र अफवाहपूर्ण भएको एमालेले जनाएको छ ।
प्रतिक्रिया