Main News
एमसीसी सम्झौताबाट पछि हट्दा दुई मुलुकबीचको सम्बन्धमा असर पर्ने अमेरिकी चेतावनी
२०७८ फागुन ३ गते १२:५८
३ फागुन २०७८ काठमाडौं । अमेरिकाले एमसीसी सम्झौताबाट पछि हट्दा दुई मुलुकबीचको सम्बन्धमा असर पर्न सक्ने चेतावनी दिएको छ ।
सम्झौतालाई लिएर नेपालमा भैरहेको विवादतर्फ लक्षित गर्दै हस्ताक्षर भएको विषयबाट पछि हट्दा दुई मुलुकबीचको सम्बन्धमा असर पर्नसक्नेतर्फ सचेत हुन अमेरिकाले फेरि आग्रह गरेको हो ।
अमेरिकी राजदूत र्यान्डी जे बेरीले आज बिहान वक्तव्य जारी गर्दै नेपाली नेताहरुलाई धम्की नदिइएको समेत दाबी गर्नुभएको छ । मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले गत साता प्रमुख तीन दलका शीर्ष नेतासँग टेलिफोन संवाद गरेका थिए ।
लूले नेपाली नेताहरुलाई गरेको फोनका आधारमा आएको समाचारको राजदूत बेरीले खण्डन गर्नुभएको हो ।
प्रतिक्रिया