Main News

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

हिमालय टिभी
२०७८ फागुन ३ गते ७:५५
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

३ फागुन २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बैठक बस्दै छ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा अघि बढाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । संसद बैठक भोलिका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *