राजनीति

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको प्रतिरोध गर्ने एमालेको निर्णय(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २ गते २०:४८
प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको प्रतिरोध गर्ने एमालेको निर्णय(भिडियो रिपोर्टसहित)

२ फागुन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अन्य न्यायाधीशविरूद्ध महाभियोगको तयारी नगरेको प्रष्ट पारेको छ ।

एमाले संसदीय दलको आज बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोगको विरोध गरेको छ । तर, तत्काल सभामुख र सर्वोच्चका न्यायाधीशविरुद्ध कुनै काउन्टर महाभियोग नल्याउने एमालेले जनाएको छ।

बैठकमा महाभियोग गलत भएपनि राणाको पक्षमा उभिन नहुनेमा सांसदहरुको जोड थियो । सांसदहरुको धारणा सुनेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश राणामाथिको महाअभियोग अदालतलाई गिजोल्ने, निर्वाचन धकेल्ने र एमसीसी पारित गराउने उद्देश्यले आएको बताउनुभएको थियो । राणा ठीक भन्ने पक्षमा नरहे पनि एमालेले महाभियोगको सडक र संसदबाट प्रतिवाद गर्ने जनाएको छ ।

त्यस्तै अमेरिकी सहायता परियोजना (एमसीसी) बारे पहिले सत्ता पक्षको धारणा आउनुपर्ने पुरानै अडानमा एमाले कायम देखिएको छ ।

बैठकमा २० जना सांसदले धारणा राखेका थिए । भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले विवादीत छवि भएका राणा र एमसीसी बोकेर चुनावमा जान नहुने बताउनुभएको थियो भने अन्य सांसदहरूले पनि यी विषयमा पार्टीको ठोस धाराणा आउनुपर्नेमा जोड दिएका थिए ।

आइतबार सत्तागठबन्धनले प्रधानन्यायाधीश राणामथि २१ बुँदे आरोपसहितको महाभियोग दर्ता गराएको थियो । जसको एमालेले आकस्मिक बैठक राखेर आइतबारनै कडा आपत्ति जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्