Main News

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाइँदै

हिमालय टिभी
२०७८ फागुन २ गते ७:५१
आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाइँदै

२ फागुन २०७८ काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस,भ्यालेन्टाइन्स् डे ।

हरेक वर्ष फेब्रुअरी १४ का दिन विश्वभर प्रेम साटासाट गरेर प्रेम दिवस मनाइन्छ । विशेषगरी युवायुवतीले आजको दिनलाई माया साट्ने विशेष अवसरका रुपमा मनाउने गरेका छन् ।

प्रणय दिवसको अवसरमा परिवार साथीभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम र सद्भाव साटासाट गर्ने प्रचलन समेत रहेको छ ।नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ ।

युवायुवतीहरुले आफ्ना प्रेमीप्रेमिकालाई विभिन्न उपहार दिएर यो दिवस मनाउने गर्दछन् । आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गर्छ।

ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *