Main News

सभामुख सापकोटाको आह्वानमा आज सर्वलीय बैठक बस्दै

हिमालय टिभी
२०७८ फागुन २ गते ७:४५
सभामुख सापकोटाको आह्वानमा आज सर्वलीय बैठक बस्दै

२ फागुन २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ गठबन्धन दलका सांसदहरूले हिजो महाअभियोग प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ।

यता आजका बोलाइएको प्रतिनिधि सभाको बैठक भने फागुन ४ गते बुधबारका लागि सारिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *