Main News
कायममुकायम प्रधानन्यायाधीश कार्कीद्वारा फुलकोर्ट बैठक आह्वान
२०७८ फागुन २ गते ७:३९
२ फागुन २०७८ काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाउनुभएको छ ।
महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका कार्कीले आज फुलकोर्ट बैठक बोलाउनुभएको हो ।
राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल गर्न फुलकोर्ट बैठक बोलाइएको सर्वोच्च प्रशासनले जनाएको छ ।
पछिल्लो समय प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशन आन्दोलनमा उत्रिएपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु फुलकोर्ट बैठकमा सहभागी हुने भएका हुन्।
सर्वोच्चमा न्यायाधीशबीच नै महाअभियोगबारे विवाद देखिएको खबरहरु आइरहेका बेला आज बस्ने फुलकोर्ट बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया