Main News

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १ गते २०:१४
प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव किन ? (भिडियो रिपोर्टसहित)

१ फागुन २०७८ काठमाडौं । समसामयिक घटनाक्रममा अल्झिएका सत्तारुढ दलका सांसदले आइतबार अकस्मात प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गराए । २१ वटा बुँदामा समेटिएका विभिन्न आरोपसहित उनीहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । सत्तारुढ सांसदहरुले किन महाअभियोग प्रस्ताव दर्ता गराए त ?

सत्ता गठबन्धनका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीतिक वृतमा तरंग उत्पन्न भएको छ ।

राणाले जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता र जिम्मेवार न्यायपालिकाको शाख जोगाउन अक्षम देखिएको भन्दै महाअभियोग प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएको हो ।

प्रधानन्यायाधीश राणालाई न्यायपालिकाको मर्यादामा आँच पुर्‍याएको, व्यक्तिगत स्वार्थमा लागेको, पदीय जिम्मेवारी बहन नगरेको, न्यायपालिको विकृति, विसंगति र भष्ट्राचारलाई प्रश्रय दिएको लगायतका २१ आरोप लगाइएको छ ।

यस्तै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले न्यायपालिकालाई निकास दिन नसकेकाले महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभयो ।

महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीण राणा स्वतः निलम्बित हुनु भएको छ । नेपालको संविधानको धारा १०१ को धारा २ आधारमा राणालाई महाअभियोग लगाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *