Main News

एमसीसीकै कारण सत्ता गठबन्धन टुट्न दिदैँनौंः मन्त्री कार्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १ गते १८:२१
एमसीसीकै कारण सत्ता गठबन्धन टुट्न दिदैँनौंः मन्त्री कार्की (भिडियो रिपोर्टसहित)

१ फागुन २०७८ काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीकै कारण गठबन्धन टुट्न नदिने बताउनुभएको छ ।

११ औं विश्व रेडियो दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीले एमसीसीका कारण गठबन्धन टुट्छ भनेर भ्रम फैल्याइएको दाबी गर्नुभयो ।

मन्त्री कार्कीले एमसीसीमा राजनीतिकरण बढी भएको र देशलाई अन्योलमा लान खोजिएको टिप्पणी गर्नुभयो । उहाँले अब एमसीसीलाई कानूनी प्रक्रियाबाट अघि बढाएर टुङ्गोमा पुर्‍याउने बताउनुभयो ।

सत्तारुढ नेपाली कांग्रेस एससीसी यथास्थितिमा पारित गर्नुपर्ने पक्षमा रहँदा अन्य सत्ताघटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी संशोधन नभइ पारित गर्न नहुने अडानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *