Main News
सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने
२०७८ फागुन १ गते ९:४२

१ फागुन २०७८ काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ ।
गएको माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा कटौती गरेकोमा आजदेखि सबै प्रकारको सेवा दिने भएको हो ।
४ गतेदेखि हिजोसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आजदेखि भने नियमित सेवामा जाने सर्वोच्चका प्रवक्ता बाबुराम दाहाल जानकारी दिनुभयो ।
प्रतिक्रिया