Main News

आज ११ औँ विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

हिमालय टिभी
२०७८ फागुन १ गते ९:३७
आज ११ औँ विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

१ फागुन २०७८ काठमाडौं । ११ औँ विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ ।

यस वर्षको विश्व रेडियो दिवसको नारा ‘विश्वासका लागि रेडियो’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो ।

युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखमा रेडियो दिवस मनाउने घोषणा गरेको थियो । दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका अध्यक्ष अर्जुन गिरीले विभन्न घटनाक्रम, विपद्को समयमा नेपालका सामुदायिक रेडियोहरूको भूमिका महत्वूर्ण र अविस्मरणीय रहेको बताउनुभयो ।

तीन तहको सरकार बनेपछि रेडियोप्रतिको दृष्टिकोण एकै नहुनु, स्थानीय सरकार नै रेडियो सञ्चालनमा लागिपर्नु लगायतका केही समस्या देखिए पनि सरकारले नीतिगत रूपमा यी समस्या समाधान गर्दै जानुपर्ने अध्यक्ष गिरीको भनाइ छ ।

नेपालमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रूपमा रेडियो सञ्चालन भएको हो । एफएम रेडियोको प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *