कोरोनाका कारण बन्द रहेका शैक्षिक संस्था आजदेखि सञ्चालनमा

१ फागुन २०७८ काठमाडौं । कोरानाको तेस्रो लहरको जोखिम बढेसँगै बन्द काठमाडौं उपत्यकाका शैक्षिक संस्था आजदेखि खुलेका छन् ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको हिजोको बैठकले आजदेखि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस्तै डान्सबार, दोहोरी साँझ लगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी आजदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सीसीएमसीले सिफारिस गरेको थियो।
त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरी सञ्चालन गर्न सिफारिस भएको छ। कोरोनाको संक्रमण बढेपछि पुसको तेस्रो साताबाट उपत्यकामा शैक्षिक संस्था बन्द गरिएको थियो।
प्रतिक्रिया