राजनीति

युक्रेनमा आक्रमण गरे रुसले ठुलो मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

हिमालय टिभी
२०७८ फागुन १ गते ८:००
युक्रेनमा आक्रमण गरे रुसले ठुलो मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

१ फागुन २०७८ न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

समकक्षी भ्लादिमिर पुटिनसँगको टेलिफोन कुराकानीमा बाइडेनले यस्तो चेतावनी दिएका हुन । रुस र युक्रेनबीचको बढ्दो तनाव कम गर्न कूटनीतिमा संलग्न हुन तयार रहेपनि अरु अवस्थाका लागि पनि समान रूपमा तयार रहेको बाइडेनको भनाइ छ ।

रुसी राष्ट्रपतिले भने रुसी सुरक्षा चासोलाई सम्बोधन नगरेको बताएका थिए । क्रेमलिनले टेलिफोन कुराकानीलाई अमेरिका र उसका सहयोगीहरूबाट चरम उन्मादको बीचमा भएको जनाएको छ । तर दुवै नेताले वार्ता जारी राख्ने पनि बताएका छन् ।

यता रुसी आक्रमणको त्रासका बीच अमेरिका, बेलायत, जर्मनीलगायतका दर्जन बढी मुलुकले आफ्ना नागरिकलाई युक्रेन छाड्न भनेका छन्। मस्कोले युक्रेनको सिमानामा करिब एक लाख सेना तैनाथ गरेको छ। तर आक्रमण गर्ने कुनै योजना अस्वीकार गरेको छ।

ह्वाइट हाउसले कुनै पनि समयमा आक्रमण हुनसक्ने जनाए पनि रूसले त्यस्ता आरोपहरुले उत्तेजित पार्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्