Main News

एमसीसीका विषयमा माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति दुर्भाग्यपूर्णः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

हिमालय टिभी
२०७८ माघ २९ गते १३:२३
एमसीसीका विषयमा माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति दुर्भाग्यपूर्णः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

२९ माघ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पु¥याउने काममा अध्यक्ष प्रचण्ड लागि परेको बताउनु भएको हो । आज काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्क उद्घाटन गर्दै उहाँले अध्यक्ष प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप समेत लगाउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हितविपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराउनु भयो । उहाँले जनताको बीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गर्नु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘राजनीतिक ढंगले अनेक खालका दूर्भाग्यपूर्ण विवादहरु देखिरहेका छौं हामीहरु । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरुमा विकृति आयो भने समाजमा पनि विकृति बढछ । राजनीतिक पार्टीका नेता यता हे¥यो यतैका कुरा, उता हे¥यो उताका कुरा, ऊ पर हे¥यो, परका कुरा गर्ने खालका भएभने त्यो फट्याईबाट समाज आक्रान्त हुन पुग्छ । यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक सम्पत्तिहरु अतिक्रमण हुन नदिन र त्यसको सदुपयोग हुनेगरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । त्यस अवसरमा उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको हितमा केन्द्रित भएर काम गर्न पनि निर्देशन दिनु भयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैंचालगायतका सार्वजनिक क्षेत्रहरुको सफाईमा ध्यान दिने र त्यसको सदुपयोग गरेर अघि बढने काममा लाग्न स्थानीयबासीलाई आग्रह गर्नु भयो । उहाँले काठमाडौं महानगरपालिकालाई सुन्दर र हराभरा बनाउन आफूहरुले पार्क निर्माण कार्यलाई तीव्रता दिएपनि त्यसको सदुपयोग हुन नसकेको गुनासो गर्नु भयो ।

मेयर शाक्यले आफूले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दावी समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *