Main News

कोरोना संक्रमणबाट थप १४ को मृत्यु, ११२८ संक्रमित थपिँदा २२१५ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ माघ २८ गते १६:५०
कोरोना संक्रमणबाट थप १४ को मृत्यु, ११२८ संक्रमित थपिँदा २२१५ संक्रमणमुक्त

२८ माघ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ भने पछिल्लो पटक ११ सय २८ जना संक्रमित थपिएका छन् ।

२० हजार ९ सय ८९ जनाको परीक्षणमा एक हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २ हजार २ सय १५ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ३२ हजार ८ सय २२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

हाल देशभर २७ हजार ४ सय ४१ सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणबाट थप १४ जनाले ज्यान गुमाएपछि देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय ७८ पुगेको छ ।

पछिल्लो पटक १ लाख ४५ हजार २ सय ६५ जानले खोप लगाएका छन् । अहिलेसम्म तीन करोड ४९ लाख ७० हजार ८ सय ६६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

जसमा पहिलो मात्रा लगाउनेको संख्या १ करोड ८१ लाख १९ हजार ८ सय ६१ रहेको छ । पूर्ण मात्रा लगाउनेको संख्या १ करोड ६१ लाख ५९ हजार ५ सय ७८ छ । यस्तै ६ लाख ९१ हजार ४ सय २७ जनाले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *