Main News

एमसीसी विवादः नुवाकोटमा पनि देखियो यस्तो असर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २६ गते २०:४२
एमसीसी विवादः नुवाकोटमा पनि देखियो यस्तो असर (भिडियो रिपोर्टसहित)

२६ माघ २०७८ नुवाकोट । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने विषयमा राजनीतिक दलहरुका बीचमा देखिएको मतभेदको असर नुवाकोटमा पनि परेको छ ।नुवाकोट रातामाटेका बासिन्दा एमसीसी परियोजनाले अधिग्रहण गरेको जग्गामा बेइमानी भएको आरोप लगाउन थालेका छन्।

कतिपय स्थानमा निर्माण हुन लागेका ठूला परियोजनाका कारण विस्थापित मुअब्जाको माग गर्दै आन्दोलित हुने गरेका छन् । नुवाकोटमा भने चलन चल्तीकोभन्दा बढी मूल्य पाउँदा पनि मुअब्जा पाएकाहरु आन्दोलित छन्, भन्दा तपाईंलाई अचम्म लाग्ला । तर वास्तविकता त्यही हो ।

रातामाटेका स्थानीय अन्य परियोजनाका लागि भन्दै राज्यले ढाँटेर एमसीसीका लागि जग्गा अधिग्रहण गरेको आरोप लगाउन थालेका छन्। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातामाटेमा एमसीसीको अनुदानमा एमसीए नेपालले निर्माण गर्ने सवस्टेशनका लागि सरकारले गत वर्ष नै अधिग्रहण गरिसकेको थियो ।

तर, एमसीसीको विरोधसँगै त्यसको रंग रातामाटेमा देखिन थालेको छ । नेपाल सरकारले बनाउने कुनै पनि परियोजनाका लागि आफूहरु जग्गा दिन तयार रहेको भए पनि एमसीसीका लागि जग्गा नदिने उनीहरुको अडान छ ।

कतिपय जग्गाधनीहरु भने मुआब्जा कम भएको, रोजगारी दिने भने पनि नदिएको र नेपाली भूमि विदेशीलाई दिन खोजिएपछि आफूहरु जग्गा दिन नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

सरकारले एमसीए नेपाल भनेर आफूहरुलाई भ्रममा पारेर एमसीसीका लागि जग्गा अधिग्रहरण गरेकाले अहिले आएर आफूहरु विरोधमा उत्रिनु परेको कतिपयको तर्क छ । यहाँका स्थानीयलाइ विदेशी नागरिक आएर जे पनि गर्न सक्ने आशंका व्याप्त छ ।

एमसीए नेपाल विकास समितिले रातामाटेमा निर्माण गर्न लागेको सवस्टेशनका लागि १ सय २ घरधुरीका ३ सय ९८ रोपनी जग्गा यसअघि नै खरिद गरिसकेको थियो ।

जग्गाको स्वामित्व एमसीसी परियोजना निर्माण सम्पन्न पश्चात् नेपाल विद्यूत प्राधिकरण वा नेपाल सरकारले तोकेको सरकारी निकायको हुने स्पष्ट पारिसकेको छ । तर स्थानीयमा देखिएको आशंकाले भने निर्माणस्थलमा पनि असर पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *