Main News

पाँच तारे होटलमा एमसीसी कार्यान्वयन गर्ने कार्यालय किन ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २५ गते २०:१६
पाँच तारे होटलमा एमसीसी कार्यान्वयन गर्ने कार्यालय किन ?(भिडियो रिपोर्टसहित)

२५ माघ २०७८ काठमाडौं । के तपाईलाई थाहा छ, नेपालमा एमसीसी कार्यान्वयन गर्ने कार्यालय नै छ । हामी तपाईलाई काठमाडौंको एउटा पाँच तारे होटलतर्फ लैजान्छौं, जहाँ एमसीसी कार्यान्वयन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालको कार्यालय रहेको छ ।

यो कार्यलय अर्थमन्त्रालय अन्तर्गत पर्छ । पदाधिकारीदेखि कर्मचारीसम्मले मासिक पारिश्रमिक र सुविधा लिन्छन् ।

यो दरबारमार्गस्थित होटल याक एण्ड यतिको दोस्रो तलामा रहेको एमसीए नेपालको कार्यालयमा प्रवेश गर्न खोज्यौं । यो कुनै गोप्य वा कुनै निजी संस्था होइन ।

यो त अर्थमन्त्रालय अन्तर्गतको कार्यालय हो । हाम्रै करबाट एक अर्बभन्दा बढी रकम खर्च भइसकेको छ । यो कार्यालय हेर्न हामी पुग्यौं । यहाँ त कोभिडका कारण कार्यालय बन्द गरेर वर्क फर्म होम रहेको बताइयो ।

तर, त्यहाँ कर्मचारी कार्यरत थिए । हाम्रै करबाट सञ्चालन भइरहेको एमसीए नेपालको कार्यालयको दृश्य कैद गर्ने हाम्रो प्रयासमा त्यहाँ खटिएका सुरक्षा गार्ड बाधक बने ।

आफू पारदर्शी रहेको बताउने एमसीए नेपालले किन कार्यालयमै प्रवेश निषेध गर्‍यो ? हाम्रो प्रश्न हो यो । अर्को कुरा सरकारी कार्यालयहरुका लागि काठमाडौंमै थुप्रै सुविधासम्पन्न भवनहरु छन् । तर, मासिक १६ लाख रुपैयाँ भाडा तिरेर पाँच तारे होटलमै कार्यालय किन राखियो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *