Main News

निगमले ग्राउण्डेज जहाजलाई इन्जिन भाडामा लिएर उडाउने

हिमालय टिभी
२०७८ माघ २४ गते २०:२८
निगमले ग्राउण्डेज जहाजलाई इन्जिन भाडामा लिएर उडाउने

२४ माघ २०७८ काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए–३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ ।

निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । नेपाल एयरलाइन्सका अनुसार दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गर्दा बाँया तर्फको इन्जिनमा आन्तरिक खराबी पहिचान भएको थियो ।

इन्जिन फेर्नुर्ने प्राथमिक राय प्राप्त भएअनुरुप निगम व्यवस्थापनले जहाजलाई थथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन इन्जिन भाडामा लिन लागेको हो । प्राविधिक प्रतिवेदनको आधारमा निगमको नियम बमोजिम इन्जिन भाडामा लिने प्रयोजनका निम्ति ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

इच्छुक कम्पनीबाट प्रस्ताव प्राप्त गरी उक्त प्रस्ताव मूल्यङ्कनको आधामारमा बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट छनोट गरी इन्जिन भाडामा लिइने प्रक्रिया अगाडि बढाइएको र उक्त समस्याग्रस्त इन्जिनको मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको उल्लेख गरेको छ । निगमको आन्तरराष्ट्रिय उडानका लागि दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *