Main News

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १३८६ संक्रमित थपिँदा ८७०४ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ माघ २३ गते १७:११
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १३८६ संक्रमित थपिँदा ८७०४ संक्रमणमुक्त

२३ माघ २०७८ काठमाडौं । बितेका २४ घन्टामा आठ हजार ७०४ चारजना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक हजार ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म नौ लाख नौ हजार ३४३ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर नौ हजार २५१ नमूना परीक्षण गरिएको थियो । छ हजार ४४३ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आइतबारसम्म नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख ६८९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ ।

हाल देशभर ४५ हजार २४८ सक्रिय सङ्क्रमित छन् भने ४३ हजार ९३२ सक्रिय सङ्क्रमित ‘होम आइसोलेसन’मा र एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये २६९ जनाको सघन उपचार कक्ष र ४६ जनाको ‘भेन्टिलेटर’मा उपचार भइरहेको छ । गत २४ घन्टामा ७९ हजार ९५९ जनाले खोप लगाएका छन् ।

उक्त मन्त्रालयका अनुसार आइतबार काठमाडौँ उपत्यकामा थप ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका ४१०, ललितपुरका १२४ र भक्तपुरका ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *