आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने
२३ माघ २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा मौसम पूर्ण रूपमा सफा हुन अझैँ दुई दिन लाग्ने छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र तराईका भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहीबाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
वरिष्ठ मौसमविद् निराजन सापकोटाले पर्सिदेखि मौसममा पूर्ण सुधार आउने र आजदेखि खुल्न थाल्ने बताउनुभयो । महाशाखाले मौसम बदली रहने भएकाले चिसो बढ्ने हुँदा सावधानी अपनाउन आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया