Main News

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १७१४ संक्रमित थपिँदा ४७७१ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ माघ २२ गते १८:१५
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १७१४ संक्रमित थपिँदा ४७७१ संक्रमणमुक्त

२२ माघ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने १७ सय १४ जना संक्रमित थपिएका छन् ।

८ हजार ५ सय १३ जनाको परीक्षणमा एक हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप ४ हजार ७ सय ७१ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६३९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल देशभर ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणबाट थप ९ जनाले ज्यान गुमाएपछि देशभर ११ हजार ८०३ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो पटक ५ लाख ८८ हजार ४ सय ४० जानले खोप लगाएका छन् । अहिलेसम्म तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

जसमा पहिलो मात्रा लगाउनेको संख्या १ करोड ७७ लाख ४० हजार ८ सय ३५ रहेको छ । पूर्ण मात्रा लगाउनेको संख्या १ करोड ५४ लाख ८२ हजार ८७ छ । यस्तै ६ लाख ३ हजार ७ सय ८ जनाले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *